April 30, 2020

व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश

कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे छ। बिहीबार काठमाडाैं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो। बुधबारदेखि बहस सुरु भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई चैत २५ मा थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। ४ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो। चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मूल्य लिएर बेचेको आरोप थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको थियाे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि