April 12, 2020

नेपालको इन्टरनेट गुणस्तरमा सुधार, बढ्यो मोबाइल इन्टरनेटको गति

बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।

ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ । मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउँछन् । 

उनका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण