March 28, 2020

कोरोनाको थप नयाँ संक्रमित फेला, यससँगै नेपालमा ५ जनामा संक्रमण

corona

काठमाडाैं,चैत १५,sharethis sharing button

स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ संक्रमित फेला परेको जनाएको छ । शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संक्रमित फेला परेको बताएको हो ।

कोरोनाबाट संक्रमित महिला १७ मार्चमा बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी थिइन् ।

कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ मा आएकी १९ वर्षीय महिलामा कोरोना पोजिटिभ फेला परेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको पछिल्लो संक्रमण उपत्यकाबाहिर देखिएको बताएका हुन् ।

यसअघि शुक्रवार धनगढीस्थित सेती प्रदेश अस्पतालमा भर्ना भएका एक युवालाई कोरोना संक्रमण देखिएको थियो भने ४ दिनअघि युएईबाट आएका धादिङका अर्का युवामा पनि संक्रमण देखिएको थियो ।

त्यो भन्दा अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो । 

नेपालमा कोरोना संक्रमण देखिएका पहिला युवा भने चीनको वुहानबाट आएका थिए । उनलाई जनवरीको तेस्रो साता परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनी अहिले निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो