
प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरु सरकारलाई कसरी असफल बनाउने भनेर लागिपरेको बताएका छन् ।नेकपाले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर जनतामा भ्रम छरेको दाबी गरे ।
‘विपक्षीहरु नन् इस्युलाई पनि इस्यु बनाएर यो सरकारलाई असफल बनाउन लागिपरेका छन्,’ उनले भने ।
‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। अर्काले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु लागि परेका छन् ।’
संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।
पछिल्लो समय सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे केही नबुझी प्रतिपक्षी दलले विरोध गरिरहेको उनले बताए ।
वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखराको सभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग