
प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरु सरकारलाई कसरी असफल बनाउने भनेर लागिपरेको बताएका छन् ।नेकपाले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर जनतामा भ्रम छरेको दाबी गरे ।
‘विपक्षीहरु नन् इस्युलाई पनि इस्यु बनाएर यो सरकारलाई असफल बनाउन लागिपरेका छन्,’ उनले भने ।
‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। अर्काले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु लागि परेका छन् ।’
संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।
पछिल्लो समय सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे केही नबुझी प्रतिपक्षी दलले विरोध गरिरहेको उनले बताए ।
वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखराको सभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन