
फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संसदमा सम्बोधनको क्रममा प्रधानमन्त्रीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका काम र समसामयिक विषयबारे जानकारी दिने कार्यक्रम छ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकिकरण भएको थियो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी