केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । कार्यदलका सदस्य रहेका ज्ञवाली एमसीसी संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए । छिटो पास गर्नुपर्ने र पास नै गर्न नहुने मत पनि बैठकमा आएको थियो । एमसीसीको कारण नेकपामा अगामी दिनमा ठुलै रणाको मचिने राजनीतिक ज्ञाताहरु बताउछन् ।