बलात्कारका अभियुक्त सिद्धबाबासँग २ वटा नागरिकता!

 दुवै नागरिकता सोलुखुम्बुबाट जारी भएको पुष्टि 5dea07b9392e7191206013309

पुस १३, २०७६ सोलुखुम्बु : बलात्कारको आभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले २ वटा नेपाली नागरिकता लिएको खुलेको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४ साविक जुबु गाउँ विकास समिति १ मा जन्मिएका गिरीले सुनसरी र सोलुुखुम्बुबाट दोहोरो नागरिकता लिएको पाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बुबाट जन्म मिति वि.सं. २०३० साल मंसिर १० गते लेखिएको २२२७/५९५ नम्बरको नेपाली नागरिकता लिएका गिरिले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट श्री वैष्णव कृष्णदासको नाममा जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४ नम्बरको नागरिकता लिएको पाइएको छ। दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुवाको नाम छबिलाल गिरी नै लेखिएको छ।  २०४८ सालमा सोलुखुम्बुबाट लिएको नागरिकता पहिलो र झुँटो विवरण पेश गरेर २०६३ सालमा सुनसारीबाट अर्को नागरिकता  लिएको पाइएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी विनोद गौतमले जानकारी दिए। उमेर र नाम समेत परिवर्तन गरेका गिरीले २०६४ सालमा सुनसरीको तरहरामा जग्गा समेत खरिद गरेको पाइएको छ। नयाँ नागरिकता लिइसकेपछि सोही वर्ष कृष्णबहादुर गिरी नामको पुरानो नागरिकताबाट उनले इटहरीमा अढाई कठ्ठा जग्गा खरिद गरेको पनि प्रमाण भेटिएको छ। यदि कसैले झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको प्रमाणित भएमा उक्त नागरिकता रद्ध गरी १५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।  आइतबार थुनछेक बहस  योगसाधनामा सिद्धपुरुष, बनस्पति गुणमा बिद्यावारिधि हासिल गरेको डाक्टर वताउने कृष्णदास  सुनसरीको वराहक्षेत्र नगरपालिका २ चताराधामस्थित आश्रममा बस्दै आएका थिए। २०७६ कार्तिक ४ मा  बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि उनी अहिले प्रहरी हिरासतमा छन्। शुक्रबार जिल्ला अदालत सुनसरीमा उनको बयान सकिएको छ। अदालत श्रोतका अनुसार वादी/प्रतिवादी दुवैतर्फको बयान शुक्रबार सकिएको हो।आइतबार थुनछेक बहस हुने जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीले बताए। प्रतिवादीको तर्फबाट अधिवक्ताहरू मोहन कोइराला, रुपेश कोइराला, मोहन पराजुली र सरोज गिरी तथा पीडितको तर्फबाट सरकारी वकिलहरू नवराज विष्ट, रेणुका राई, गोकुल निरौला, अनन्त न्यौपाने, अनिल रेग्मी र रेवती सुवेदीले बहस गर्ने भएका छन्। १० वर्षसम्म कैद सजाय हुनसक्ने अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दाबी गरेका छन्। गिरीलाई लगाइएको अभियोग प्रमाणित भए उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९को १, २ र ३(ङ) अनुसार १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि, मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्ने कारण छैन : गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा), भदौ १६ गते।गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसबारे

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि