गोकर्णको २७९६ रोपानी जग्गा हत्याउन ट्रष्टको बोर्डमा यती समूह
आज पुस ३ गते बिहिबार प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले सत्ताधारी दलको संरक्षणमा रहेका व्यावसायीले सार्वजनिक सम्पत्ती हडपेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यसैगरी नेकपाको चालु स्थायी समितिको बैठकमा नेताहरुले राखेको धारणाका विषयलाई पनि पत्रपत्रिकाले प्राथकितासाथ प्रकाशित गरेका छन् ।
त्यसैगरी अर्थ मन्त्रालयले स्थानीय तहलाई दिएको समपुरक अनुदानको विषय र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमाको विषय पनि पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।
गोकर्ण रिसोर्ट हत्याउन नेपाल ट्रष्टको बोर्डमा
नयाँ पत्रिकाले पूर्वराजाबाट जफत साढे २१ हजार रोपनी जग्गा संरक्षण गर्ने नेपाल ट्रस्टको बोर्डमा यती समूहको सञ्चालन रहेको विषयलाई विशेष प्राथमिकता दिएर प्रकाशित गरेको छ । समाचारमा विदेशी पर्यटकलाई बिरामी बनाउने, हेलिकोप्टरबाट उद्धार गराउने, पैसा असुल्ने र देशलााई बद्नाम गराउने एयर अल्टिच्युडलाई पनि कारबाही गर्न पर्यटन मन्त्रालयबाट गठित समितिको सिफारिस गरिएको भएपनि कम्पनीका सञ्चालकलाई ट्रस्टमा सदस्यको जिम्मेवारी दिएको उल्लेख छ । समाचारमा भनिएको छ– यती समूलाई कारबाहीको सट्टा नेपाल ट्रस्टको बोर्डमा जिम्मेवारी दिनु देशको हित होइन कम्पनीको स्वार्थ पूरा गर्ने मनपरी अवस्था हो । यती एयर समूहको हेलिकप्टर व्यवसाय हेर्ने सञ्चालक नियुक्त हुनुको उद्देश्य योजनाबद्धरुपमा गोकर्णको २७९६ रोपनी जग्गा पकडमा लिनु हो ।
एमसीसीकै किचलो, नेताहरुबीच चर्काचर्की
अन्नपूर्ण पोस्ट्का अनुसार सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम चालेन्ज कर्पोरेसन(एमसीसी)का विषयमै केन्द्रित भएको छ । बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी गरहेको समाचारमा उल्लेख गरिएको छ ।
सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन २०७५ असार ३० मा दर्ता गराइएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी गरिएको छ । बैठकम पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए । त्यसपछि बुधबारसम्म नेताहरु देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीको विपक्षमा धारणा राखेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसी पारित गराउनै पर्ने धारणा राखेका छन् ।
एमसीसीकै विषयलाई आजको कान्तिपुर दैनिकले प्राथमिकता साथ प्रकाशित गरेको छ । ‘एमसीसीमाथि चर्काचर्की’ शीर्षकमा लेखिएको समाचारमा भनिएको छ –विकास र सहयोगसम्बन्धी एमसीसीका विषयमा नेकपा नेताहरुबीच चर्काचर्की भएको छ । सम्झौता संसद्बाट अनुमोदन गर्न हुँदैन भन्दै तर्क गरेका नेताहरुले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको पुष्टि गर्न नेतृत्वलाई चुनौति दिएका थिए ।
परालकै भरमा विपन्न परिवार
नागरिक दैनिकले मधेसमा शीतलरको समस्या रहेको उल्लेख गर्दै मुख्य समाचार लेखेको छ । समाचारमा गत साल चिसोकै कारण दैनिक मजदुरीबाट गुजारा चलाउने ३० घरपरिवार मुसहर बस्तीमा जाडो महिना सहनै नसक्ने पीडा भएको छ । गत सा सिरहामा चिसोले १२ जनाको ज्यान लिएको थियो । जसमध्ये धेरै गरिब, दलित र अतिविपन्न थिए । अति विपन्न परिवार चिसो छल्न न्यायो कपडा किन्न सक्दैनन् । दलित समुदायका मानिस घुर तापेर जिउ तताउने कोसिस गर्छन् ।
नागरिकले ‘अर्जनौं योजनालाई १९ अर्ब बजेट’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा सरकारले चालु आर्थिक वर्षको आधा समय बित्दै गर्दा स्थानीय र प्रदेश सरकारका नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री युवराज खतिवडाले काम गर्न सक्ने स्थानीय तह र प्रदेशलाई र कार्यक्रम हेरेर उनीहरुको मागअनुसार थप बजेट दिन २० अर्ब रुपैयाँ छुट्टाएका थिए । सोही बजेटबाट अहिले प्रदेश र स्थानीय तहले प्रस्ताव गरेका दर्जनौ योजनालाई रकम दिइएको हो ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली