December 19, 2019

प्रेस रिभ्यू : एमसीसीकै किचलो, नेताहरुबीच चर्काचर्की

 

गोकर्णको २७९६ रोपानी जग्गा हत्याउन ट्रष्टको बोर्डमा यती समूह

 
 

आज पुस ३ गते बिहिबार प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले सत्ताधारी दलको संरक्षणमा रहेका व्यावसायीले सार्वजनिक सम्पत्ती हडपेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यसैगरी नेकपाको चालु स्थायी समितिको बैठकमा नेताहरुले राखेको धारणाका विषयलाई पनि पत्रपत्रिकाले प्राथकितासाथ प्रकाशित गरेका छन् । 

त्यसैगरी अर्थ मन्त्रालयले स्थानीय तहलाई दिएको समपुरक अनुदानको विषय र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमाको विषय पनि पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।  

गोकर्ण रिसोर्ट हत्याउन नेपाल ट्रष्टको बोर्डमा

नयाँ पत्रिकाले पूर्वराजाबाट जफत साढे २१ हजार रोपनी जग्गा संरक्षण गर्ने नेपाल ट्रस्टको बोर्डमा यती समूहको सञ्चालन रहेको विषयलाई विशेष प्राथमिकता दिएर प्रकाशित गरेको छ । समाचारमा विदेशी पर्यटकलाई बिरामी बनाउने, हेलिकोप्टरबाट उद्धार गराउने, पैसा असुल्ने र देशलााई बद्नाम गराउने एयर अल्टिच्युडलाई पनि कारबाही गर्न पर्यटन मन्त्रालयबाट गठित समितिको सिफारिस गरिएको भएपनि कम्पनीका सञ्चालकलाई ट्रस्टमा सदस्यको जिम्मेवारी दिएको उल्लेख छ । समाचारमा भनिएको छ– यती समूलाई कारबाहीको सट्टा नेपाल ट्रस्टको बोर्डमा जिम्मेवारी दिनु देशको हित होइन कम्पनीको स्वार्थ पूरा गर्ने मनपरी अवस्था हो । यती एयर समूहको हेलिकप्टर व्यवसाय हेर्ने सञ्चालक नियुक्त हुनुको उद्देश्य योजनाबद्धरुपमा गोकर्णको २७९६ रोपनी जग्गा पकडमा लिनु हो ।

एमसीसीकै किचलो, नेताहरुबीच चर्काचर्की

अन्नपूर्ण पोस्ट्का अनुसार सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम चालेन्ज कर्पोरेसन(एमसीसी)का विषयमै केन्द्रित भएको छ । बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी गरहेको समाचारमा उल्लेख गरिएको छ । 

सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन २०७५ असार ३० मा दर्ता गराइएको थियो । प्रस्ताव संसद्को हिउँदे अधिवेशनमा पारित गराउने तयारी गरिएको छ । बैठकम पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीको सन्दर्भ प्रवेश गराएका थिए । त्यसपछि बुधबारसम्म नेताहरु देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्तलगायतले एमसीसीको विपक्षमा धारणा राखेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसी पारित गराउनै पर्ने धारणा राखेका छन् । 

एमसीसीकै विषयलाई आजको कान्तिपुर दैनिकले प्राथमिकता साथ प्रकाशित गरेको छ । ‘एमसीसीमाथि चर्काचर्की’ शीर्षकमा लेखिएको समाचारमा भनिएको छ –विकास र सहयोगसम्बन्धी एमसीसीका विषयमा नेकपा नेताहरुबीच चर्काचर्की भएको छ । सम्झौता संसद्बाट अनुमोदन गर्न हुँदैन भन्दै तर्क गरेका नेताहरुले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको पुष्टि गर्न नेतृत्वलाई चुनौति दिएका थिए ।

परालकै भरमा विपन्न परिवार 

नागरिक दैनिकले मधेसमा शीतलरको समस्या रहेको उल्लेख गर्दै मुख्य समाचार लेखेको छ । समाचारमा गत साल चिसोकै कारण दैनिक मजदुरीबाट गुजारा चलाउने ३० घरपरिवार मुसहर बस्तीमा जाडो महिना सहनै नसक्ने पीडा भएको छ । गत सा सिरहामा चिसोले १२ जनाको ज्यान लिएको थियो । जसमध्ये धेरै गरिब, दलित र अतिविपन्न थिए । अति विपन्न परिवार चिसो छल्न न्यायो कपडा किन्न सक्दैनन् । दलित समुदायका मानिस घुर तापेर जिउ तताउने कोसिस गर्छन् ।

नागरिकले ‘अर्जनौं योजनालाई १९ अर्ब बजेट’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा सरकारले चालु आर्थिक वर्षको आधा समय बित्दै गर्दा स्थानीय र प्रदेश सरकारका नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री युवराज खतिवडाले काम गर्न सक्ने स्थानीय तह र प्रदेशलाई र कार्यक्रम हेरेर उनीहरुको मागअनुसार थप बजेट दिन २० अर्ब रुपैयाँ छुट्टाएका थिए । सोही बजेटबाट अहिले प्रदेश र स्थानीय तहले प्रस्ताव गरेका दर्जनौ योजनालाई रकम दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज

मन्त्रिपरिषदको शासकीय सुधारसम्बन्धी सय कार्यसूची (पूर्ण विवरणसहित)

 १५ चैत ,काठमाडौं नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी

१५ सदस्यीय मन्त्रिपरिषद् गठन : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ

 चैत १३, काठमाडौं । । प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ सदस्यीय मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

‘जेनजी आन्दोलन’मा दमनबारे आयोगको प्रतिवेदन सार्वजनिक, २८ घाइतेका बयान समेटिए( यस्तो छ पुर्ण पाठ )

चैत १२,काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गते सञ्चालन भएको