
काठमाडौं, २२ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण जितेकी छन् ।गौरिकाले साग पौडी अन्तर्गत आइतबार भएको ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । योसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
यसअघि साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिकाले दोस्रो स्वर्ण जितेकी थिइन् । सातदोबाटोस्थित पौडी पोखरीमा २०० मिटर ब्याक स्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् ।
त्यस्तै बिहीबार गौरिकाले पहिलो स्वर्ण जित्दै पौडीमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले शनिबार भने रजत पदक जितेकी थिइन् ।
गौरिकाले पौडीमा ३ वटा स्वर्ण जितेर भारत र श्रीलंकाको दबदबा समेत तोडेकी छन् ।
गौरिकाको नाममा दर्जनौं राष्ट्रिय कीर्तिमान रहेका छन् । सन् २०१६ को सागमा उनले एउटा रजत र २ वटा कास्य पदक समेत जितेकी थिइन् ।
त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् । त्यतिबेला उनी १३ वर्षकी थिइन् ।
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको