
काठमाडौं, २२ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण जितेकी छन् ।गौरिकाले साग पौडी अन्तर्गत आइतबार भएको ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । योसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
यसअघि साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिकाले दोस्रो स्वर्ण जितेकी थिइन् । सातदोबाटोस्थित पौडी पोखरीमा २०० मिटर ब्याक स्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् ।
त्यस्तै बिहीबार गौरिकाले पहिलो स्वर्ण जित्दै पौडीमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले शनिबार भने रजत पदक जितेकी थिइन् ।
गौरिकाले पौडीमा ३ वटा स्वर्ण जितेर भारत र श्रीलंकाको दबदबा समेत तोडेकी छन् ।
गौरिकाको नाममा दर्जनौं राष्ट्रिय कीर्तिमान रहेका छन् । सन् २०१६ को सागमा उनले एउटा रजत र २ वटा कास्य पदक समेत जितेकी थिइन् ।
त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् । त्यतिबेला उनी १३ वर्षकी थिइन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने