December 3, 2019

प्रधानमन्त्री ओलीलाई डिष्चार्ज गरी अमेरिका लैजाने तयारी

प्रधानमन्त्री ओलीलाई डिष्चार्ज गरी अमेरिका लैजाने तयारी
 काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको उनका सचिवालयले जनाएको छ ।
अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा पनि छलफल भइरहेको छ । प्रधानमन्त्री  ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिगौंला दिन तयार रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत ओलीले उठेर बोल्न सक्ने अवस्थामा छन् ।
गत मंगलबार पेटको एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा संक्रमण भएको थियो।अचानक आउने रोग भएकाले आफूलाई पनि अप्रत्यासित रूपमा एपेन्डिसाइटिस आइलागेको प्रधानमन्त्री ओलीले बताए ।प्रधानमन्त्री ओलीको डिस्चार्ज शुक्रबार स्वास्थ्य जाँचपछि गरिने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८