December 3, 2019

प्रधानमन्त्री ओलीलाई डिष्चार्ज गरी अमेरिका लैजाने तयारी

प्रधानमन्त्री ओलीलाई डिष्चार्ज गरी अमेरिका लैजाने तयारी
 काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको उनका सचिवालयले जनाएको छ ।
अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा पनि छलफल भइरहेको छ । प्रधानमन्त्री  ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिगौंला दिन तयार रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत ओलीले उठेर बोल्न सक्ने अवस्थामा छन् ।
गत मंगलबार पेटको एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा संक्रमण भएको थियो।अचानक आउने रोग भएकाले आफूलाई पनि अप्रत्यासित रूपमा एपेन्डिसाइटिस आइलागेको प्रधानमन्त्री ओलीले बताए ।प्रधानमन्त्री ओलीको डिस्चार्ज शुक्रबार स्वास्थ्य जाँचपछि गरिने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित