November 30, 2019

उपनिर्वाचन : ६५.४३ प्रतिशत मत खस्यो, आजैबाट गणना हुने

मङ्सिर १४, काठमाडौँ । तीनै तहका रिक्त पदमा आज भएको मतदानमा ६५.४३ प्रतिशत मत खसेको छ।

हुम्लामा र रौतहटमा ८५ प्रतिशत मत खसेको छ भने रोल्पा थवाङमा वडाध्यक्षका लागि भएको मतदानमा १०९  मात्रै मत खसेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज  साँझ पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको बताए ।

मतदानका क्रममा कास्की, लम्जुङलगायत ठाउँमा बम विस्फोट भए पनि खासै असर नपरेको थपलियाले बताए। आयोगले मतदाता परिचय पत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानीलगायत परिचय पत्रबाट पनि मतदान गर्न दिएको थियो।

थपलियाका अनुसार तीनै तहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए। तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ। ‘७० प्रतिशत मत खस्छ भन्ने आँकलन थियो,।

संघीय निर्वाचन क्षेत्र सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको आयोगको भनाइ छ। यहाँ २०७४ सालमा खसेकोभन्दा कम मत खसेको छ। कास्की २ मा ४६ हजार पाँच सय मत खसेको हो।

यस्तै भक्तपुरमा ७० प्रतिशत, दाङमा ६७ प्रतिशत, धरानमा ५९ प्रतिशत मत खसेको छ।

 

उनका अनुसार ‘रौतहट र हुम्लामा ८५ प्रतिशत मत खस्यो। थवाङमा १६.४ प्रतिशत मात्रै खसेको छ। जति मत खस्यो त्यो गणना हुन्छ,उपनिर्वाचनका लागि चार सय १९ पर्यवेक्षक खटिएका थिए।

निर्वाचन आयोगले मतपेटिका संकलन गरेपछि राजनीतिक सहमति गरेर आजै देखि नै मतगणना थाल्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आग्रह गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको