November 26, 2019

अब आरटीजीएस प्रणालीमार्फत चेक नकाटी बैंकबाट ठुलो परिमाणमा पैसा निकाल्न सकिने

 

 

 

१० मंसिर, काठमाडौं । आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो ।

अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो । अहिले यो प्रणाली सबै बैंकमा पूर्णरुपमा सुचारु भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमहादुर मिश्रले बताए ।

उनले भने, ‘दुई दिनदेखि यो पूर्णरुपमा कार्यान्वयन भएको छ, अब पैसा निकाल्न चेक काट्नु पर्दैन ।’

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक चाहिने छैन । मिश्रका अनुसार राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको हो ।

बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो । तर, अब रकम तत्कालै जम्मा हुने र शुल्क समेत कम लाग्ने मिश्र बताउछन् । यसबाट समय र रकम दुबै बचत हुने उनको भनाइ छ ।

कसरी दिइन्छ सेवा ?

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा हुन्छन् ।

यो प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् ।

‘अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ, अर्को खातामा पैसा ट्रान्फर गरिन्छ,’ उनले भने, ‘तर यो सिस्टम अलि फरक छ, अहिले हामीले इन्टरनेट/मोवाइल बैंकिङबाट ट्रान्सफर गर्दा तत्कालै मेसेज जान्छ तर खातामा ब्यालेन्स जम्मा भएको हुँदैन । तर यो सिस्टमले तत्कालै जम्मा गर्छ ।’

यो प्रणालीबाट कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नु पर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण गर्न सकिने उनले बताए ।

तर अहिले २ लाख रुपैयाँ भन्दा कमको कारोबार भने यस प्रणालीबाट हुँदैन । ठूलो कारोबारहरुका लागि यो प्रणाली उपयुक्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक