October 29, 2019

 पहाडी भेगमा आज वर्षाको सम्भावना, यस्तो रहेको छ मौसम पूर्वानुमान

काठमाडौँ । देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अरब सागरको उत्तरपूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर–पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको तर यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा नपरेको महाशाखाले जनाएको छ।

यसका साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १२ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भु(भाग तथा मध्य र पुर्वका पहाडी भु–भागमा आंसिक देखि सामान्य बदली रहनेछ भने बाँकि भु–भागमा आंसिक बदली रहने सम्भावना छ। देशका पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने सम्भावना छ र देशका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

कार्तिक १३ गते (बुधबार)

दिउँसोः देशभर आंसिक देखि सामान्य बदली रहने देखिन्छ । देशका पश्चिमि भु–भाग तथा मध्य र पुर्वका पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

रातीः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसोः देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

रातीः देशका मध्य र पुर्वमा आंशिक बदलि र पश्चिमि सामान्यतया सफा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र