October 24, 2019

स्व. अधिकारीको सपनापुरा गर्छु, एयरपोर्ट बनाएरै छाड्छु : मन्त्री भट्टराई

 

तेह्रथुम, ७ कार्तिक । संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले तेह्रथुम आठराई गाउँपालिका–६ स्थित चुहानडाँडाको थुम्किडाँडामा एयरपोर्ट बन्ने बताउनुभएको छ ।

एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा पुग्नुभएका मन्त्री मन्त्रि भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ । यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।’

पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेका हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।

सम्भाव्यता तथा संर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिई २०७३ सालमा विस्तृत संर्वेक्षण भई लागत स्टिमेट समेत भएको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका अध्यक्ष तथा १ नं. प्रदेश सभाका सदस्य तेजमान कन्दङवाले बताउनु भयो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला सहितको प्रतिनिधि मण्डलले पुनः प्रधानमन्त्री ओली समक्ष २०७२ र २०७५ बैशाखमा बिमानस्थल निर्माण कार्यको थालनी गर्नका लागि पहल गरेको भक्तराज स्मृति आठराई थुम्कि बिमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी