काठमाडौं, सरकारले माओवादी युद्धका एक मृतकका परिवार र जनआन्दोनलनकी एक घाइतेलालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। विहीबार सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद वास्कोटाले मन्त्रीपरिषद वैठकको निर्णय सुनाउदै असोज ३० को मन्त्री परिषदको बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक–२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने जानकारी दिएका हुन् । यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका(४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।
बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्धारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीको छानविन समितिको म्याद मंसिर २८ गतेसम्मका लागि थप गरिएको छ ।
यस्ता छन मन्त्रीपरिषद वैठकका निर्णयहरु