October 18, 2019

रवि लामिछानेलाई उच्च अदालतको राहत आदेश

काठमाडौं। आत्म हत्या दुरुत्साहन मुद्दाका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई उच्च अदालतले आंशिक राहत दिएको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले बिहीबार सो मुद्दाको सुनुवाई गर्दै चितवन जिल्ला अदालतको आदेशमा केही सदर र केही बदर गरेको हो।

उच्च अदालतले धरौटी राख्ने आदेश सदर गरेको छ भने अन्य शर्तहरु बदर गरेको छ। आफ्नै पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यूज२४ का कार्यक्रम प्रस्तोता लामिछाने र अर्का पत्रकार युवराज कँडेल आत्महत्या दुरुत्साह मुद्दामा अभियुक्त बनाइएका छन्। पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र एक युवतीका कारण आत्महत्या गरेको भनेका थिए। सोही आधारमा चितवन प्रहरीले लामिछानेलागायत तीनैजनालाई पक्राउ गरेको थियो।

प्रहरीको अनुसन्धानपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिँदै विदेश जाँदा अनुमति लिनुपर्ने टेलिभिजन कार्यक्रममा पत्रकार पुडासैनी आत्महत्याबारे कार्यक्रम बनाउन नपाउने आदेश दिएको थियो।

जिल्ला अदालतको यो आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए। सोही मुद्दामा बिहीबार उच्च अदालतका न्यायाधीशद्वोय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले धरौटी बाहेकका अन्य शर्तहरु बदर गरेको हो। अब लामिछाने विदेश पनि जान पाउने छन् भने कार्यक्रम पनि सञ्चालन गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र