नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद पनि अन्तिम समयमा नेपाली बलरहरु चुक्दा नेपाल पराजित हुनु परेको हो ।
जिम्बावेको जितमा रिचमन्ड मुतुम्बामी २८ बलमा ४ छक्का र १ चौका सहित ४० रनमा अविजित रहे । रेयान बर्लले ३६ बलमा २ छक्का र ३ चौकासहित ४१ रनमा अविजित रहे । सन्दीपको घातक बलिङसँगै एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई यो जोडीले विजयसम्म डोहोर्याएको हो । उनीहरुले छैटौं विकेटका लागि ६९ रनको अविजित साझेदारी गरेका हुन् ।
नेपालका लगाि सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै पारस खड्काले २ ओभरमा १० रन दिएर १ विकेट लिए । पाँचौ ओभरको पहिलो बलमा ब्रायन चारीलाई दीपेन्द्रले उत्कृष्ट डाइरेक्ट रन आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि नेपाल बलियो अवस्थामा पुगेको थियो ।
पहिलो डेब्यू खेल खेलेका कुशल मल्लले ३ ओभरमा २८ रन खर्चिए । आजको खेलमा सोमपाल कामी पनि बलिङमा महंगा सावित भए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन जोडे । तल्लोक्रमका सोमपाल कामीले १४ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । विकेटकीपर विनोद भण्डारी ११ रनमा नट आउट रहे । नेपालले शनिवार सिंगापुरसँग खेल्नेछ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार