September 12, 2019

अमेरिकी दूतावासले सरकारलाई स्पष्टीकरण सोधेको हो ?  : सांसद पम्फा भुसालको प्रश्न प्रचण्डलाई

 २६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेकोबारे सरकारको जवाफ मागेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भनिन् ‘पूर्वप्रधानमन्त्री नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको छ, यो बारे के हो नेपाल सरकारले भन्न जरुरी छ ।’

सांसद भुसालले आउँदो नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले र अमेरिकी सेनासँग दुईवटा प्रशिक्षण गर्ने भनी अमेरिकाले पत्र पठाएको भन्दै उक्त कार्यक्रम रद्ध गर्न माग गरेकी छन् ।

उनका अनुसार आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव छ । सांसद भुसालले इन्डोप्यासिफिक रणनीति विवादास्पद रहेको भन्दै भनिन्, ‘त्यस प्रकारको ज्वाइन्ट प्रशिक्षण नगरियोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेपालले विगतदेखिनै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताइन् । ‘नेपालको असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर त्यस्तो प्रकारको इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालको सशस्त्र प्रहरीसँग संयुक्त अभ्यास नगरियोस्’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन