युरोकप छनोटमा वेल्समा अजरवैजानमाथि २–१ को संघर्षपूर्ण जित दर्ता गरेको छ । ग्यारेथ बेलले खेल सकिन ४ मिनेट मात्रै बाँकी रहँदा निर्णायक गोल गरेपछि वेल्सले संघर्षपूर्ण जित निकालेको हो ।
घरेलु मैदान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा वेल्सले २६औं मिनेटमा आत्मघाती गोल उपहार पायो । पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा वेल्स पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
५९औं मिनेटमा माहिर इमरेलीले गोल गर्दै अजरवैजानलाई खेलमा फर्काएका थिए । तर, खेल सकिन केही मिनेट बाँकी रहँदा बेलले निर्णायक गोल गरेपछि वेल्सले २–१ को कठिन जित निकालेको हो । यो जितसँगै बेल्सले महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितसँगै वेल्स समूह ‘इ’ मा ४ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने पराजत अजरबैजान अंकविहीन छ ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार