,२०७६ भदौ १९, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्
अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल गरे।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन भएकाले यसमा उत्पीडित समूदायले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको जनाए।
संविधानले दलितमुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान उनीहरु आफैं चनासो हुनुपर्ने अध्यक्ष दाहालको भनाइ छ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गरे। उनले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा