August 21, 2019

सरकारले गर्यो १६ सचिबको सरुवा (सुचि सहित)

 

भाद्र ४, काठमाडौं । सरकारले १६ सचिवहरुको सरुवा गरेको छ ।  कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको हो । हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।  

तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा गरिएको छ । यो सरुवा मन्त्रीहरुले आफुअनुकुल काम हुन नसकेपछि गरेको बुझिएको छ ।

मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् । राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।

को कहाँ सरुवा भए  

यस्तो छ सरुवा सूची

क्र.सं. नाम थर सरुवा भएको स्थान साविकको स्थान
१. सूर्य गौतम भूमिसुधार मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय
२. गोपीनाथ मैनाली महालेखा नियन्त्रकको कार्यालय भूमिसुधार मन्त्रालय
३. केदारबहादुर अधिकारी पर्यटन मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालय
४. मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालय पर्यटन मन्त्रालय
५. वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोग सार्वजनिक खरिद अनुगमन कार्यालय
६. वैकुण्ठ अर्याल वाणिज्य तथा आपूर्ति मन्त्रालय वित्त आयोग
७. माधव बेल्बासे खानेपानी मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र
८. रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालय स्वास्थ्य मन्त्रालय
९. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालय ऊर्जा मन्त्रालय
१०. खगराज बराल स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय
११. महेश दाहाल शिक्षा मन्त्रालय श्रम मन्त्रालय
१२. विनोद केसी श्रम मन्त्रालय राष्ट्रपति कार्यालय
१३. डा. हरि पौडेल राष्ट्रपति कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
१४. महेन्द्रप्रसाद गुरागाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लोक सेवा आयोग
१५. आनन्द ढकाल लोक सेवा आयोग प्रदेश ३ को मुख्य सचिव
१६. तीर्थ ढकाल प्रधानमन्त्री कार्यालय प्रदेश ५ को मुख्य सचिव

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो