August 15, 2019

साम्सद घिसिङले भने: रबि लामिछानेलाई तत्काल गिरफ्तार गरि अनुसन्धान गर

 

योगेन्द्र घिसिङ
शालिकराम पुडासैनीको भिडियो हृदय बिदारक र कारुणिक छ । आफैले बलेको हो वा बोल्न लगाएको गहिरो छानबिन बाट मात्र थाहा हुनसक्छ । तर उनले बोलेको शब्द र भाषामा रबि सहित अस्मिता र कडेल प्रति अत्यन्त गम्भीर आरोप हो । यदि सत्य हो भने लोकतान्त्रिक गणतन्त्रमा पुडासैनीले अबिलम्ब न्याय पाउनु जरुरी छ।
यो जघन्य अपराधबाट कोही उम्कन दिनु हँुदैन । समयमा ब्यबस्थित अध्ययन नहुँदा निर्मला हत्या प्रकरण जस्तो नहोला भन्न सकिन्न । भिडियो सार्बजनिक भएको अबस्थामा रबि लामेछाने र अन्य आरोपीलाई तुरुन्तै गिरफ््तार गर्नु पर्छ । जस्ले रबि दोषी हो ? होइन ? र कसैले रबिलाई फसाउन गरेको भएपनि त्यो अपराधी सम्म पुग्न सकिन्छ ।
आत्महात्य समाजमा प्रतिदिन घटिरहेका छन । जीवन प्रति आसाबादी नहुने र जीवन संघर्षको निर्मम सत्य आत्म साथ गर्न नसक्दा आत्महात्य गरेको पाउछौ । संसार भरिनेै यस्ता घटना घटिरहेका छन । आफुलाई हात्य गराउन खोजेको अनुभूतिलाई दवाएर बाँच्नु पर्छ । यही नै मानव जीवन र समाज बिकासको कठिन र कठोर सर्त हुन।
तर घटना घटे पछि सत्य पत्ता लगाउनुको विकल्प छैन । आर्थिक श्रमशोषण, बदनाम र निरशाको अन्तिम बिन्दुमा पु¥याएर तीन जनाले मर्न बाध्य बनाएको भनेकोछ । यसमा रबिको टिम र शालीकरामको अन्तर सम्बन्धमा सुक्ष्मा रुपमा केलाउनु पर्दछ।
नेपाल प्रहरीलाई यसको सत्यमा पुग्न लामो समय नलाग्न सक्छन् । त्यसका लागि अत्यन्तै कुसल र सक्षम जनशक्ति परिचालनमा ध्यान जनु पर्ने हुन्छ । अनुसन्धानमा गहिरिनु र ढिलाइ नगर्ने प्रबृत्ति चाहिन्छ । यो नेपाली समाजका निम्ति चम्का दिने बिषय पनि मान्नुपर्छ ।
मृतकको खुट्टामा रडले हानेको निल डाम प्रशास्त देखिएको छ । जुन कुरा आफ्नै भाईले सोही दिन घटना स्थालबाट प्रत्यक्ष बताएका थिए । त्यस्तै मृतकको खुट्टाले खाटमा टेकिनुले सास कसरी गयो होला बिश्वास गर्न सकिदैन । यस बिषय प्रहरीलाई कडा चुनौती छ । यथार्थमा आउन यसमा चुक्नु मिल्दैन ।कतै भिडियो बनाउन लगाएर मारेको त होइन ? यो शंकाको ठाउँ पनि भारी छ।
पुडासैनी मृत्युुको अबस्थाले राज्यलाई ठूलो पाठ आएकोछ । नेपाल राष्ट्रको न्याय पाउन खटिएका संयन्त्र र लिएको नीतिको ऐतिहासिक जवाफ खोजेको छ।यस घडीमा रबिका टिम हिरासतमा लिन कन्जुस्याइँ नगरौ।यदि उनीहरू निर्दोस भएमा सम्मानका साथ छुटिनेछ । हत्याको मास्टर टिम पक्राउ गर्न सहज हुनेछ । जस्ले मृतकको आत्म शान्ति र नेपाली अपराधी दुनियाँ नष्ट गर्न सफल हुनेछन् । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र सकारात्मक भुमिकाको आबश्यक देखिन्छ । (लेखकः संविधान सभा सदस्य (सभासद) हुन् ।)

coppied from temalonline.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि