August 11, 2019

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ६० जनाको घटनास्थलमै मृत्यु, ७० भन्दा बढी जलेर घाइते !

Image result for पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ६० जनाको घटनास्थलमै मृत्यु, ७० भन्दा बढी जलेर घाइते !दार एस सलाम / पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ ।

प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।

“हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए ।

उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् ।

जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् ।

स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो ।

ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या