गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए ।यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।
नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन् ।
अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ । नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन् ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड