जेठ ३१, काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता थुनामुक्त हुन आदेश पाएकाे ५ घण्टा नबित्दै पुनः पक्राउ परेका छन् ।
बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पुनः नियन्त्रणमा लिएको हो ।
प्रहरीले गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरीबाट विप्लव नेता तथा कार्यकर्ता जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियारलाई नियन्त्रणमा लिएको थियो ।
गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै बन्दीका आफन्तले प्रत्यक्षीकरणको रिट हालेपछि अदालतले रिटमाथि सुनुवाई गर्दैै बिहीबार छोड्ने आदेश दिएको थियो । सोही दिन साँझ नै उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै बाहिर निकालेर पक्राउ गरेको हो।
उरीबाट पक्राउ परेका १८ मध्ये ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।