चैत २७, काठमाडौं । धर्नामा बसेका सरकारी चिकित्सकहरुलाई प्रहरीले धरपक्कड गरी बिरामी जाँच्न लगाएको छ ।
शुक्रबारदेखि आकस्मिक बाहेक ओपिडी बन्द गरेर धर्नामा बसेका सरकारी चिकित्सकलाई बुधबार बल प्रयोग गरी प्रहरीले बिरामी जाँच्न लगाएको हो । प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चिकित्सकको आन्दोलनले गर्दा बिरामी मारमा परेका थिए । आज प्रहरीले बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर पनि खुलाएको छ ।
प्रहरीको धरपकड र लाठीचार्जपछि चिकित्सकहरुले अस्पताल बाहिरै रोग अनुसार बेन्च राखेर बिरामीहरुको उपचार थालेका छन् ।
करिब ८ बजेतिर वीर अस्पतालमा धर्ना बसिरहेका डेढ सय जना चिकित्सकहरुमाथि प्रहरीले धरपकड गर्दा एक जना चिकित्सक घाइते भएका छन्। घाइते डा. सन्तोष राई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरेर फर्किएका छन्।
कर्मचारी समायोजन ऐनको विरोधमा सरकारी चिकित्सकहरुले आकस्मिकबाहेक अन्य सेवा ठप्प पारी आन्दोलन गर्दै आएका थिए । चिकित्सकहरुले समायोजन अध्यादेश, गैरकानुनी स्वास्थ्य सचिव नियुक्ति, चिकित्सकका सेवा सुविधाबारे माग पूरा गर्न दबाब दिँदै आएका छन्।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का