March 14, 2019

बन्दका विरुद्ध पोखरामा प्रदर्शन

काठमाडौं, ३० फागुन । पोखरामा नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको बन्दको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । युवाहरुले ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन गरेका छन् । विवेकशील साझा पाटीमा आवद्ध युवाहरुको नेतृत्वमा स्थानिय युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए । उनीहरुले वार्ताका माध्यमवाट समस्याको समाधान खोज्न विप्लव र सरकार पक्ष दुवैलाई आग्रह गरेका छन् । पार्टीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न पाउने अधिकार भए पनि बन्द हड्ताल जस्ता काम बन्द गर्नुपर्ने उनीहरुको भनाई छ ।

बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित