March 14, 2019

बन्दका विरुद्ध पोखरामा प्रदर्शन

काठमाडौं, ३० फागुन । पोखरामा नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको बन्दको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् । युवाहरुले ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन गरेका छन् । विवेकशील साझा पाटीमा आवद्ध युवाहरुको नेतृत्वमा स्थानिय युवाहरुले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटी कास्की जिल्ला सदस्य सुरेश पहारीले बताए । उनीहरुले वार्ताका माध्यमवाट समस्याको समाधान खोज्न विप्लव र सरकार पक्ष दुवैलाई आग्रह गरेका छन् । पार्टीहरुलाई विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न पाउने अधिकार भए पनि बन्द हड्ताल जस्ता काम बन्द गर्नुपर्ने उनीहरुको भनाई छ ।

बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र