
फागुन १९, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले सनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरि महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ-आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो ।
कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक/एक लाईन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।
आवश्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरि ५ हजार स्वंयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ ।
कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि ८ वटा उपमिति गठन गरेको छ ।
दर्शनलाई सहज हुने गरि कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाईने भएको छ । सवारी पार्किङका लागि तीलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ ।
महाशिवरात्रीका दिन देश विदेशबाट लाखौं भक्ताजन आराध्यदेव भगवान शिवको पुजाआजा गर्न पशुपति आउने गर्दछन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र