March 3, 2019

नेकपाले रविन्द्र र भरतमोहनको एकै दिन श्रद्धाञ्जलि सभा गर्ने

 

काठमाडौं, १९ फागुन । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)ले पूर्वमन्त्री एवम् नेता भरतमोहन अधिकारीको निधनमा शोक मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले अधिकारीको शोकमा तीन दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

सचिवालय बैठकले नेता अधिकारीको सम्मानमा पार्टी कार्यलयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

‘सबै पार्टी कार्यालयहरूमा तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको छ’, नेकपाले भनेको छ, ‘२३ गते रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको सम्मानमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय भएको छ ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गत बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

पूर्वमन्त्री भरतमोहन अधिकारीको शनिबार राति उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी