February 27, 2019

जसले गायक प्रविण गुरुङको हत्यामा पारसलाई सजाय हुनुपर्छ भनेका थिए

फागुन १५, काठमाडौँ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको फुङलिङमा आज मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टीबाट राजनीति सुरु गरेका थिए ।

उनी तत्कालिन नेकपा एमाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता हुन् । अधिकारीको जन्म कास्कीको भरतपोखरी गाउँमा २०२६ साल बैशाख २२ गते भएको थियो । उनी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष, पृथ्वि नारायण क्याम्पस स्वतन्त्र विधार्थी युनियन स्ववियू सभापति, त्यसपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुर स्ववियू सभापति समेत भएका थिए । उनी कास्कीबाट लगातार तेस्रोपटक निर्वाचित सांसद हुन् ।

कास्कीको शान्ति उदय माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका अधिकारीले व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको शिक्षा हासल गरेका थिए । २०४२ सालमा पृथ्वी नारायण क्याम्पसमा भर्ना भएका उनी त्यसको दुई वर्षपछि उक्त क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए ।

विद्यार्थी संगठनमा २०४५ मा कास्की र २०४७ सालमा गण्डकी अध्यक्ष भएका अधिकारी त्यसको दुई वर्षपछि पृथ्वी नारायण क्याम्पसको स्ववियू सभापति निर्वाचित भए । त्यसपछि काठमाडौं आएका अधिकारी २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुर स्ववियू सभापती समेत भए । त्यसको चार वर्षपछि अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित अधिकारीले सोही वर्ष तत्कालिन नेकपा मालेबाट प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिएपनि पराजित भए ।

युवा विद्यार्थी नेता अधिकारीले गायक प्रविण गुरुङ हत्याकाण्डमा पूर्व युवराज पारस शाहलाई कारबाही हुनुपर्ने भन्दै आवाज उठाएपछि राष्ट्रिय राजनीतिमा चर्चा पाएका थिए । उनले त्यत्तिबेला राजधानीमा पारस शाहलाई सजाय हुनुपर्छ भनेर गरेको विद्यार्थी आन्दोलन अझैपनि सम्झन लायक छ । उनले विद्यार्थी कालमा विद्यार्थीहरुको हकहितका लागि बढि आवाज उठाए । विद्र्याथीलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत छुट हुनुपर्छ भनेर आवाज उठाउनेमा अधिकारी अग्रपंक्तीमा थिए ।

उनी पार्टी एकिकरणपछि २०६० सालमा तत्कालिन नेकपा एमालेको कास्की जिल्ला सचिव भए । ०६२÷६३ को जनआन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीले देशभर जनलहर ल्याउँदा कास्की–३ मा अधिकारीले अन्य पार्टीलाई शिर ठाडो पार्न दिएनन् । त्यसयता उनी लगातार तेस्रोपटक सांसद निर्वाचित भए । २०७० को दोस्रो संविधान सभा निर्वाचनपछि उनी संसदको विकास समितिको सभापति पनि भए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण पश्चात उनले मन्त्रिपरिषदमा विभागीय मन्त्रीको जिम्मेवारी पाए । युवा नेता भएका कारण अधिकारीले पार्टी र आम जनतामा राम्रो छाप छाडेका थिए । पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेयता मन्त्री अधिकारी केही विवादमा आएपनि उनी पार्टी भित्र स्वच्छ छवी तथा जुझारु नेताका रुपमा चिनिन्छन् । अधिकारीका दुई छोरा र श्रीमती छन् । उनी पुस्तक लेखनमा समेत रुचि राख्दथे । उनका ‘संमृद्ध नेपाल’, संविधान सभाः लोकतन्त्र र पुनसंरचना’ लगायत पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित