मिसेस हङ्कङ २०१८ को राईद्वारा सहयोग हस्तान्तरण

received_394989204397392

प्रेम मोक्तान

फाल्गुन १५, हङकङ । प्रथम  मिसेस हङ्कङ नेपाल २०१८ को बिजेता पबिता पुमा राईले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छन् । उनि नेपाली समुदायसँग नजिक भएर सामाजिक जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउदै विभिन्न संघ सस्था मा आबद्धता भई सामाजिक कार्यमा ब्यस्त रहेकी छिन् । खोटाङमा जन्मी उदयपुरमा हुर्केकी राई आफ्नो पढाई लाई निरन्तरता दिनको लागि काठमाडौ आएको र एक्लो बसाईमा विविध चुनौतिहरुको सामना गर्दै जीवन जिउने क्रममा सुखदुःख लाई नजिकबाट बुझेको बताउछिन। जिबनको अनेक चुनौती हरुलाई नजिक बाट सरल तरिकाले सामना गर्दै जीवनको अनेकौ खुड्किलाहरु पार गर्दै आईरहेको बताउदै चुनौती र संघर्षको जीबनलाई सामना  गर्दै अरुको दु:ख  र भावना  साथ दिन पाउदा आनन्द हुने बताउछिन् । यथार्थमा ब्याबहार चलाउन तन, मन र धनको साथ चाहिने सोचलाई उनले आफ्नो अभियानबाट लागु गरेकी छिन् ।  मिसेस हङकङ नेपाल २०१८ भैसके पछि थुप्रै सामाजिक काम हरुमा आफुले सकेको सहयोग गर्दै आईरहेको बताउछिन राई ।

   received_357812785059812    नेपाली महिला संघ हङकङले आयोजना गरेको पहिलो मिसेस हङ्कङ नेपाल २०१८ को पहिलो बिजेता भै सकेपछी उनको समयोजकत्व मा मकवानपुर भार्ताको कैलाश गाउपालिका अवस्थित चेपाङ बस्तीमा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडाको परिकल्पनामा बन्न लागेको चेपाङ बस्तिको लागि “हेल्थपोष्ट भवन ” को सहयोगार्थ च्यारिटि डिनर गरिएको थियो,’ उनले भनिन,‘एउटा कोठा बराबर नेपाली ७ लाख सहयोग गर्ने प्रतिबद्धता गरेको थियौ जुन पूरा भैसकेको छ ।त्यस्तै त्यही च्यारिटी डिनर को बाकी रहेको रकम को केही अंस अर्थात हङकङ डलर ५००० (पाच हजार) रबि लामिछानेको अभियान मा रहेको कालिकोट रासकोटमा बन्न लागेको हस्पिटल को लागि सहयोग गरिसकेको छौ । यो दुबै काम हाम्रो मिसेस हङकङ नेपाल २०१८ को टिम बाट गरेको छौ , राईले भनिन । 

उनले थपिन ,हामी माध्यम मात्रै हो , हाम्रो अग्रज र हामिलाई माया र विश्वास गरेर साथ र सहयोग गर्नु हुने सम्पुर्ण मनकारी सहयोगी हरुको साथ बिना हामी अधुरो छौ त्यसैले यसको श्रेय उहाँ हरुलाई नै जान्छ जसले हामिलाई हाम्रो हरेक अभियानमा साथ दिनु भएको छ ।त्यही सहयोग ले नै सामाजिक काममा सहभागी हुन सफल भएका छौ त्यही आट र भरोसा लाई आत्मासाथ गर्दै र हिम्मत को साथ यो पटक मेघा घिमिरे बहिनीको लागि अभियान सन्चालन गरेको थिए । बिराटनगर घर भै काठमाडौमा उपचार को लागि बस्दै आईरहेकी मेघा घिमिरेको करेन्ट लागेर दुबै हात गुमाएकी थिइन उनै बहिनी को लागि मैले व्यक्तिगत रुपमा अभियान सुरु गरेको थिए । जहाँ मलाई साथ दिन देउमाया गुरुङ दिदीले हरपल सहयोग गर्नु भएको थियो उहालाई हृदय देखिनै धन्यवाद भन्न चाहान्छु । उहाँकै हौसला र साथले नै म यो अभियान मा सफल भएको छु ।  फाल्गुन १४ गते मंगलबार अर्थात फ्रेबुअरी २६ मा मेघा घिमिरेलाई नेपाली रुपैयाँ २,२००००/दुईलाख बीस हजार हस्तान्तरण गरी पठाएकी छिन् । आफु हङ्कङमा रहेको कारण उनले सो रकम  एन आर एन ए मकाउ को बरिस्ठ उपाध्यक्ष र किराया मकाउ का महासचिव मङगल राई  र चिन्डो कलेक्सन सन्चालिका तथा फेसन डिजाईनर सिमा राई को उपस्थिति मा दिया मिडिया मार्फत मेघा घिमिरेलाई नेपाल पठाइएकि हुन्  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

सत्ता छोड्दैगर्दा एमाले-कांग्रेस लक्षित आक्रोशयूक्त प्रचण्ड भाषणको पुर्णपाठ

असार २८, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले सत्ता छोड्दैगर्दा संसदको वैठकमा एमाले कांग्रेस लक्षित आक्रोशयूक्त