February 24, 2019

नयाँ ऐनलाई पछ्याउँदै अदालतको पहिलो फैसला , हत्या र हत्या प्रयासमा साढे ३७ वर्ष कैद

 

अभियुक्त बब्लुले झड्केलो बुवा शशी सिंहको धारिलो हतियार तरवार प्रहार गरेर हत्या गरेका थिए । झड्केलो दाजु मो. आकाश आलमलाई तरवार प्रहार गरी घाइते बनाएका थिए । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले पुस २२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको थियो ।

‘कसूरदारले एउटै वारदातमा एक भन्दा बढी कसुर गरे अहिलेको नयाँ अपराध संहितामा एकीकृत सजायको व्यवस्था छ,’ श्रेस्तेदार ओझाले भने, ‘यस्तो कसूरमा अधिकतम सजाय हुने कसूरको डेडी (अधिकतम सजायमा आधा थप गरेर ) सजाय हुने कानुनी व्यवस्था छ ।’ त्यही व्यवस्था अनुसार बब्लुलाई कर्तब्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योगमा साढे १२ वर्ष गरेर ३७ वर्ष छ महिना कैदको फैसला अदालतले गरेको हो ।

एकीकृत कसूर अन्तर्गतको कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दाको फैसलाको प्रमाणीकरण बिहीबार भएको जानकारी ओझाले दिए । उनले नयाँ ऐन लागू भएपछि एकीकृत कसूरमा जिल्ला अदालत मोरङले गरेको अत्यधिक कैद सजायको फैसला पहिलो र ऐतिहासिक भएको बताए ।

यो मुद्दाको माघ २४ गते कसूर ठहर भई कदै सजायको निर्धारण भने माघ २९ गते भएको अदालतले जनाएको छ । कसूर ठहर भएको ३० दिन भित्र कैद सजाय ठहर गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यो मुद्दामा न्यायाधीश खतिवडाको इजलासले एक साता भित्रमै सजाय निर्धारण गरेको हो । सो मुद्दाको बहस वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी कार्यालय मोरङका जिल्ला सहायक न्यायाधीवक्ता उमेश अधिकारीले गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ता रविन्द्र चौधरी र सुमनराज पन्तले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको