February 21, 2019

नेकपा फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्रै होः प्रधानमन्त्री

 


धनगढी, ९, फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताएका छन् ।

नेकपाद्वारा बुधबार धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला नभएको बताए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले भने, ‘दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।’

लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उनले उल्लेख गरे । सुविधा उपभोग गर्न सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम गरेर परिवर्तन गर्ने अभियानमा छौँ ।’

प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नयाँ नेपाल निर्माणका लागि दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नदेखेर पार्टी एकता गरिएको स्पष्ट पार्दै विभिन्न कारणले तोकिएको समयभित्र पार्टी एकताले पूर्णता पाउन नसके पनि छिटोभन्दा छिटो पार्टी एकतालाई टुङ्ग्याउने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘अहिले नेकपालाई प्राप्त जनविश्वास गुम्यो भने यो राष्ट्र र कम्युनिष्ट पार्टीका लागि गम्भीर दुर्घटना हुनेछ ।’

दाहालले पार्टी एकता भाँड्न र सरकारलाई असफल बनाउन चाहने शक्तिबाट सचेत भई काम गर्नुपर्ने बताए ।
सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कहिल्यै पनि अधिनायकवादमा जाँदैन भन्दै जनताको मन र विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । नयाँ नेपाल बनाउनका लागि नयाँ सोच, चिन्तन र दृष्टिकोणका साथ काम गर्न आवश्यक रहेको नेपालले उल्लेख गरे ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले दुई कम्युनिष्ट पार्टीको एकताले केही शक्ति सलबलाएको उल्लेख गर्दै एकताविरुद्ध भइरहेका षडयन्त्रबाट सचेत हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पार्टीका नेता भीमबहादुर रावल, कर्णबहादुर थापा, लेखराज भट्ट, माया भट्टलगायतले पनि बोलेका थिए ।

कार्यक्रममा नेकपाका नेता एवं ऊर्जामन्त्री वर्षमान पुन र भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलगायत सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको