एक सातादेखि अनशनमा रहेका थापाको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ ल्याएर टिचिङको अाकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनी स्वास्थ्य अवस्था नाजुक भएपछि अाइसियुमा भर्ना गर्नुपर्नेमा उल्टो शिक्षण अस्पतालले विजयको उपचार नगर्ने भन्दै डिस्चार्ज गरिदिएको छ । विजयलाइ उनका शुभेच्छुकले टिचिङले उपचार गर्न नमानेपछि उनका समर्थकले माइतिघर पुर्याएका हुन । थापाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
बिहानको राति काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। तर, थापालाई भने इमर्जेन्सी कक्षमा अलपत्र पारिएको थियो । इमर्जेन्सीमा राखिएका थापालाई भेट्न गएका सञ्चाकर्मीमाथि नै डाक्टरले दुर्व्यवहार गरेका थिए । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा परेको थियो ।

गोविन्द केसीको अनशनले अस्तव्यस्त भएको टिचिङमा पछिल्लो समय नेपाली कांग्रेसका नेताको सिफारिस बिनाका बिरामीलाइ दुःख दिने र बाहिरको अस्पताल जान बाध्य पार्ने गरेका छन । अझ नजिकै बिपि स्मृति अस्पताल छ त्यहाँ जानुस राम्रो चिकित्सक छन भनेर सिफारिस समेत दिने गरेका छन ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी