तीन देशका राजदूत फिर्ता बोलाइयो, पाँच देशमा परराष्ट्र मन्त्रालयका अधिकारी सिफारिस

 

मन्त्रिपरिषदको निर्णय

पुस १२, काठमाडौँ । सरकारले पाँच देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सरकारले रिक्त रहेका विभिन्न देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ ।

उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।

यस्तै काठमाडौँ उपत्यकाका लागि आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न सरकारले विद्युतीय बस किन्न लागेको जानकारी गराए । भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको पनि उनले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्मन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदसमक्ष पेश गर्न पनि स्वीकृति दिएको छ ।

जोखिमयुक्त बस्ती स्थान्तरण तथा एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, जनता आवास कार्यविधि कार्यान्वयन २०७५ पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

यस्तै मन्त्रिपरिषदले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८९ विभिन्न अधिकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरुलाई प्रत्यायोजन गर्न र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको