नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

Nekapa_bG6ZnEm1cS-480x360

आठ वटा उपखण्डमा आधारित रहेर तयार गरिएको प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, सङ्गठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महीना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीको साङ्गठनिक एकीकरणको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने कामका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सरकार सञ्चालनको नौ महीनाका अवधिमा सरकारले गरेका काम कारवाहीका बारेमा समीक्षा र अब सरकारले गर्नुपर्ने कार्यदिशाका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।”

प्रतिवेदनमा राष्ट्रिय राजनीतिका बारेमा व्याख्या गरिएको छ । त्यस्तै राजनीतिक दलको भूमिकाका बारेमासमेत अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा चर्चा गरिएको उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठले केन्द्रीय सचिवालयले यसअघि गरेको निर्णयको अनुमोदनका लागि प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी आन्तरिक जीवनका बारेमा पनि प्रतिवेदनमा एउटै छुट्टै अंश तयार पारिएको छ ।”

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यका बारेमा धारणा राख्नुभएको थियो । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पार्नुभएको थियो । अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसर प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभूतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मकरुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभारा पूरा गर्न सामूहिक ढङ्गले पहल गर्नुपर्नेमा जोड दिनुभएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकाप्रति गम्भीर दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ । बैठकले केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ती घटनाका मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

नेता गौतमको पूरक प्रतिवेदन

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेश गर्नुभएको छ । अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पु¥याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेश गर्नुभभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अध्यक्ष र नेता गौतमले पेश गर्नुभएको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको