सामाजिक सुरक्षा कार्यक्रमले सरकारको भूमिकाको जवाफ आएको छ- प्रधानमन्त्री

मंसिर १२, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर गतिलो जवाफ दिइएको बताएका छन् ।मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरे ।

‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौ’, ओलीले भने, ‘बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने हुन्छ ।’

‘कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम हो’ प्रधानमन्त्रीले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोध्नुस् कहाँ छ , दुख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’
‘केही दिनमा अव मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ रु बाटोमा धूलो उड्न छाडेको छ । सडक सफा गरिएको छ । सडक धोइएको छ । जता फक्र्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरु चुप लाग्नुहुन्छ ’ प्रधानमन्त्रीले व्यङ्ग्य मिश्रितशैलीमा भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका