विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ।
किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्याल एक नर्स’ कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको थियो।
कार्यक्रम संचालनका लागि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयका प्राध्यानाध्यापक, स्थानीय पालिकाका प्रतिनिधि लगायतलाई एक दिने अभिमूखीकरण तालिम प्रदान गरेको छ।
तालिमको उद्घाटन सत्रमा बोल्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यो कार्यक्रम आफ्नो मन्त्रालयको प्रमुख कार्यक्रम भएको बताए।
सबैले आवश्यकता महसुस गरेको कार्यक्रम भएकोले यसको सकारात्मक र प्रभावकारी नतिजा आउने भन्दै नर्स छनौट प्रक्रिया पनि पारर्दशी बनाइने दाबी गरे।
प्रदेश ३ का एक हजार ३ सय ४१ विद्यालयमा नै यो कार्यक्रम लैजाने चाहना भएपनि बजेट अभावका कारण तत्काल सबै विद्यालयमा लैजान नसकिएको बताएका मन्त्री दुलालले क्रमिक रुपमा विस्तार गर्दै लैजाने उनले बताएका थिए।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सेवा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईले ढिलै भएपनि प्रदेश ३ को यो कदम सकारात्मक भएको बताइन्।
‘हरेक विद्यालयमा नर्स राख्दा त्यसको दीर्घकालीन फाइदा हुने भएकोले पोषण, किशोरकिशोरको प्रजनन स्वास्थ्यबारे जानकारी हुनुका साथै अभिभावकलाई पनि सचेत गराउन सकिन्छ,’ उनले भनिन्।
सामुदायिक विद्यालयमा सुरु गरी निजी विद्यालयमा पनि कार्यक्रम बिस्तार गर्न तिर जोड दिनुपर्छ,’ उनले भनिन्। विद्यालयको विद्यार्थी संख्याका आधारमा एकभन्दा बढी नर्स वा एकभन्दा विद्यालयका लागि एक नर्स राख्न सकिने पनि बताइन्।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा यदुचन्द्र घिमिरेले सुरुवातमा विद्यार्थीको संख्या र विद्यालयको व्यवस्थापन राम्रो भएका २० विद्यालय छनौट गरिएको बताए। ती विद्यालयमा नर्सका लागि विज्ञापन निकाली छनौट गर्ने काम भइरहेको समेत उनले बताए। यसका लागि सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ तयार गरिसकेको छ।
मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गरिनेछ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत थलिन्द्र पंगेनीले विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाईसम्बन्धी परार्मश दिइने बताए।
कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परार्मश सेवा प्रदान गरिने लक्ष्य लिइएको छ।
यसैगरी, स्वस्थ जीवनशैली, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान गरिनेछ।
सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वस्थ जीवनशैलीबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक-बालबालिकाको स्वास्थ्य र स्वस्थ जीवनशैलीका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्नेछन्।
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०