एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्या भण्डारीको कदमलाई उर्लँदो नवसामन्तवादको अनुहारको संज्ञा दिएका छन् ।
प्रहरी प्रतिष्ठानलाई हटाएर त्यहाँ राष्ट्रपतिको लागि हेलिप्याड बनाउने काम भइरहेको खबरमाथि टिप्पणी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘प्रहरीको अकाडेमीमा गरिने अभ्यासले राष्ट्रपतिलाई डिस्टर्ब भयो रे !,’ उनी लेख्छन्,’साथै यातायातको लागि हेलीप्याड चाहियो भन्ने तर्कमा प्रहरी अकाडेमी हटाउन खोज्नु उर्लिदो नवसामन्तवादको अनुहार हो ।’
हेलिप्याड नभई नभए प्रहरी प्रतिष्ठानकै एउटा कुनामा बनाउन नेता लोहनीले सुझाव दिएका छन् । उनी प्रश्न गर्छन्, ‘राष्ट्रपतिको ‘सवारी’को लागि हेलिप्याड नभइ नहुने भए तालिम केन्द्र कै एउटा कुनामा बनाउन के ले रोक्छ ? किन तालिम केन्द्र सबै चाहियो ?’
उनले एउटा हेलिप्याड बनाउन प्रहरी प्रतिष्ठानको सबै जग्गा नहड्न राष्ट्रपतिलाई सुझाव दिन्छन् । उनी भन्छन्, ‘एउटा हेलिप्याडको लागि त्यहाँको सबै जमिन किन हडप्नु पर्यो ?’
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न