रूघाखोकी, ज्वरो र छातीमा संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कन हतार गरेका छन्। उपचारमा संलग्न चिकित्सकलाई आज (मंगलबार) बिहान प्रधानमन्त्री ओलीले ‘पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ’ भनेका छन्।
‘प्रधानमन्त्रीलाई अझै एक/दुई दिन अस्पताल मै राख्छौं। उहाँ त जान हतार गरि राख्नुभएको छ। भर्खरै भन्नुभयो- मलाई पर्सि त काममा जान दिनुहोला नि।’
प्रधानमन्त्रीको उपचारको नेतृत्व गरिराखेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. अरुण सायमीले भने, ‘फकाइफुल्याइकन हामीले भनेको मान्नुस् पठाउँछु भनेका छौं। उहाँलाई पूरा निको बनाएर मात्रै पठाउने हाम्रो कोसिस रहन्छ।’
प्रधानमन्त्रीको स्वास्थ्य अस्पताल भर्ना गर्दा (सोमबार विहान ४ बजे)को भन्दा सुधार भएको उनले बताए।
‘उहाँ (प्रधानमन्त्री) को स्वास्थ्य हिजोभन्दा धेरै सुधार आएको छ। ज्वरो, रूघाखोकी हटेको छ,’ सायमीले पत्रकारसँग भने, ‘आज त ब्रेकफास्ट खानुभयो। तपाईंहरूले फोटो खिच्न खोज्नुभएको थियो नि, उहाँ दाह्री काटेर चट्ट ह्यान्सम हुनुभएको छ। सास फेर्न अप्ठेरो थियो सजिलो हुँदै गएको छ।’
प्रधानमन्त्री उपचारमा रहेको फोटो सार्वजानिक भएको छैन। प्रधानमन्त्रीको नियमित हेरचाह गर्ने, औषधी परिवर्तन गर्ने र चेकजाँच गरी रिपोर्ट हेर्ने काम डाक्टर सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंह र शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासको टिमले गरेको छ। ‘प्रधानमन्त्रीको मुटु र मृगौलाको अवस्था राम्रो छ। छातीको संक्रमण पनि अहिले ठीक हुँदै गएको छ,’ उनले भने, ‘ब्याक्टेरिया मार्ने एन्टिबायोटिक औषधीले काम सुरु गरिसक्यो।’
उपचारमा खटिएका चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीलाई रोगले भन्दा पनि ब्यस्तताले गलाएको हो।
‘उहाँको प्रमुख समस्या रोगभन्दा पनि अति व्यस्तता हो। प्रधानमन्त्री भएपछि व्यस्त त हुनुपर्यो। दशैंमा टीका लगाइदिँदा धपडी भएछ,’ सायमीले भने, ‘सकेसम्म हामीले घरमै गएर उपचार गर्ने कोसिस गरेको हो। बालुवाटारमा राख्दा त्यही दिन झन् क्याबिनेट बैठक बस्यो। बैठकहरू भइराख्ने भए। त्यही भएर अस्पताल नै ल्याइयो।’
कम्तिमा एक साता प्रधानमन्त्रीलाई आराम चाहिने उनले बताए।
‘उहाँलाई आरामको जरुरी छ। हुलमुलमा जान हुन्न,’ सायमीले भने, ‘प्रधानमन्त्री आँटिलो त हुनुहुन्छ। तर उहाँले कम्तिमा एक साता रेष्ट गर्नुपर्छ। कार्यक्रमहरू, बैठकमा भाग लिन हुन्न।’ संक्रमण हटाउन एक साता एन्टिबायोटिक चलाइने उनले बताए।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न