बौद्ध प्रहरी वृत्तका डिएसपी एक लाख घुससहित अख्तियारकाे फन्दामा

 

असाेज २१, काठमाडाैं । बाैद्ध प्रहरीका डिएसपी एक लाख नगद घुस सहित पक्राउ परेका छन् । हिजो साँझ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी राई घुससहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको टोलीले एक लाख भन्दा धेरै घुससहित उनलाई शनिबार साँझ पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिएलगत्तै कार्यालयमै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

उनी बाैद्ध प्रहरीमा निक्कै विवादित भएका थिए । विभिन्न घटना मिलार्इ दिने भन्दै उनले यहाँ अाएदेखि नै सेवाग्राहीबाट पैसा उठाउने गरेकाे गुनासाे बढेकाे थियाे । डिएसपीले यहाँका रेष्टुरेन्ट र हाेटलहरूबाट समेत मासिक नजराना लिने र २ नंम्बरी काराेबारीलार्इ प्रश्रय दिने गरेकाे अाराेप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक