कक्षा ११ को वार्षिक परीक्षाको नतिजा अाज  प्रकाशित हुँदै

 असाेज २० , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज  प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार आज  शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो ।
नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो ।उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने,  विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम सम्पन्न भएसँगै बोर्ड नतिजा प्रकाशनको तयारीमा जुटेको हो ।

बिद्यार्थीहरुले नतिजा neb.edusanjal.com मा हेर्न सक्नु हुनेछ/बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न सक्नु हुनेछ

वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए । बोर्डले विगतको वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक गर्न लागेको हो । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन