मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ ।
त्यस्तै, मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ । व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।
पक्राउ पर्दा पनि जागिर कायमै ?
सुरक्षा संगठनमा कार्यरत फौजदारी अभियोगमा पक्राउ परेलगत्तै निलम्बनमा पर्ने गर्दछन् । तर, निजामती कर्मचारीहरू भने जेल चलान हुँदासमेत निलम्बनमा पर्ने गरेका छैनन् । भूमाफियासँग मिलेर धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने आठ कर्मचारी पक्राउ परे पनि उनीहरूलाई निलम्बन गरिएको छैन ।
त्यस्तै, गत महिना कम्पनी रजिस्ट्रारको कार्यालयका ६ कर्मचारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मुद्दा दायर गरेको थियो । नक्कली कागजपत्रका आधारमा कम्पनी बिक्री गरेको आरोपमा दुई उपसचिवसहितका कर्मचारीविरुद्ध मुद्दा दायर भयो । उनीहरूलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी