आफूले वारेस बनेर जिम्मा लिएको मुद्दामा फैसला सदर भएपछि सोही झोकमा नुरप्रसादले अधिकृत रोशन बस्नेतमाथि कुर्सी आक्रमण गरी इजलास तोडफोड गरी विचण्डा मच्चाएका हुन् ।
उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखर प्रसाद पौडेलको इजलासले जिल्ला कै फैसला सदर उनी आक्रमणमा उत्रिएका हुन् । उनले इजलासका कम्प्यूटर, किताब राख्ने दराज लगायतका सामान समेत तोडफोड गरेका छन् ।
आइतबार अपरान्ह उनले इजलासमा वितन्डा मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेर लगेको उच्च अदालत पाटनले जनाएको छ । उनीमाथि अदालतको अवहेलना मुद्दा लगाउने तयारी छ ।
विनु घतानी सुनारको घरजग्गा मुद्दासम्बन्धी जिम्मा उनले लिएका थिए । काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुग्ने भन्दै खारेज गर्ने फैसला गरेको थियो । त्यही फैसलाविरूद्ध विनु उच्च अदालत आएकी थिइन् । घटनापश्चात् उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित