काठमाडौँ । सरकार र आन्दोलनरत सवारी चालक संघर्ष समिति बिच शुक्रबार आठ बूँदे सहमती भएको छ । सरकारले लागु गरेको सवारी साधन तथा यातायात व्यवस्था ऐनको संसोेधन गर्नुपर्ने माग राख्दै वुधबारदेखी आन्दोलनरत चालक हरुले सरकार संग आठ बूँदे सहमती भएपछि आन्दोलन फिर्ता लिएका हुन ।शुक्रबार सिंहदरबारमा बसेको दुईपक्षिय वार्तामा जेलमा रहेका चालकहरुलाई पनि सरकारले तत्काल रिहा गर्न सहमत भएको हो । वार्तामा सरकारले लागु गरेको ऐनमा पनि पुनर्बिचार गर्न सहमत भएको छ । सहमति पत्रमा भनिएको छ , ‘कानुनी मामिलामा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालयले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयसंग समन्वय गरि संसोधन गर्नुपर्ने भएमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले संसोधन सम्वन्धी काम गर्ने छ ।’
त्यस्तै सरकारले सडकमा ट्राफिक बत्ति तथा बाटोहरुको मर्मतसम्भार गरि भौतिक अवस्था मजवुत राख्ने र सवारी साधन दुर्घटनामा परे निष्पक्ष छानविन गर्ने प्रतिवद्धता गरेको छ ।
सवारी साधनहरुको नियमित चेकजाँच गर्ने जिम्मा पनि सरकारले लिएको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित