September 22, 2018

आठबूँदे सहमती पछि सवारी चालक संघर्ष समितिद्धारा आन्दोलन फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत सवारी चालक संघर्ष समिति बिच शुक्रबार आठ बूँदे सहमती भएको छ । सरकारले लागु गरेको सवारी साधन तथा यातायात व्यवस्था ऐनको संसोेधन गर्नुपर्ने माग राख्दै वुधबारदेखी आन्दोलनरत चालक हरुले सरकार संग आठ बूँदे सहमती भएपछि आन्दोलन फिर्ता लिएका हुन ।

शुक्रबार सिंहदरबारमा बसेको दुईपक्षिय वार्तामा जेलमा रहेका चालकहरुलाई पनि सरकारले तत्काल रिहा गर्न सहमत भएको हो । वार्तामा सरकारले लागु गरेको ऐनमा पनि पुनर्बिचार गर्न सहमत भएको छ । सहमति पत्रमा भनिएको छ , ‘कानुनी मामिलामा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालयले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयसंग समन्वय गरि संसोधन गर्नुपर्ने भएमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले संसोधन सम्वन्धी काम गर्ने छ ।’

त्यस्तै सरकारले सडकमा ट्राफिक बत्ति तथा बाटोहरुको मर्मतसम्भार गरि भौतिक अवस्था मजवुत राख्ने र सवारी साधन दुर्घटनामा परे निष्पक्ष छानविन गर्ने प्रतिवद्धता गरेको छ ।
सवारी साधनहरुको नियमित चेकजाँच गर्ने जिम्मा पनि सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र