निर्मला हत्या प्रकरणको यथार्थ जानकारी गराउन सभामुख महराको रुलिङ

 

काठमाडौँ, भदौ २८ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले निर्मला पन्तको बलात्कार घटनाबारे संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको संसदमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई सरकारले नै जोगाएको आरोप लगाएको छ । काँग्रेसले घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूलाई बोल्नका लागि समय दिएका थिए ।

उनले निर्मला पन्तको हत्याको घटनासँग जोडिए सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताएपछि सभामुखले घटनातर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक दश मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न