प्रकाण्डमाथि अदालतको उही आदेश, प्रहरीको उस्तै शैली

 

दाङ, भदौ २१ । पटक-पटक सर्बोच्चले छाड्न निर्देशन दिँदै पक्राउ पर्दै आएका नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता खड्गबहादुर विश्वकर्मालाई आज दाङ लगिने भएको छ । उनी विरुद्ध दाङमा मुद्दा परेको छ । त्यसका लागि ‘प्रकाण्ड’ लाई भोजपुरबाट प्रहरीले दाङ लैजाने भएको हो ।

प्रकाण्डलाई आजै जिल्ला अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय दाङले तयारी गरेको छ । बुधबार जिल्ला अदालत भोजपुरबाट ६० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै प्रहरीले पुनः उनलाई पक्राउ गरेको थियो ।

प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको क्रममा तुलसीपुरमा बम बिष्पोटमा परी म्यादी प्रहरी अर्जुन चौधरीको मृत्यु भएको थियो । सोही घटनामा प्रकाण्डको नाममा उजुरी परेको छ ।

प्रकाण्ड बिरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता भएका र दुई मुद्दामा २५/२५ हजार र बाँकी एक मुद्दामा १० हजार धरौटीमा छाडिएको छ । प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्बसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम बिष्फोटमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका