आजकल बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरूको परीक्षाफलको प्राप्तांक हेर्याे भने धेरै विद्यार्थीको नेपालीमा कम अंक पाएको पाउँछौं । यसको मूल कारण भनेको नेपाली शब्द ब्याकरण अफ्टेरो हुनु र पछिल्लो समय नेपाली शब्द उच्चारण कम हुनु पनि हो ।
हामीहरू पनि आजकल बोलीचालीमा नेपालीमा बोल्न सक्ने शब्द भएपनि त्यसलाई जानीनजानी अंग्रेजीमा भन्न खोज्छौं । यसले हाम्रो मौलिक भाषा कमजोर बन्दै गईरहेको छ ।
विश्वब्यापी प्रचलनमा अंग्रेजी भाषालाई प्राथमिकता दिएपनि हरेक देशले आफ्नो भाषालाई पनि त्यत्तिकै प्राथमिकता दिएका हुन्छन् । जापनिज, चाइनिज, कोरियनहरू अंग्रेजी बोल्न रूचाउँदैनन् । अझ तपाई यी देशहरूमा अध्ययन गर्न अथवा रोजगारीकै लागि जादै हुनुहुन्छ भने तपाईले त्यहाँको भाषा परीक्षा उत्तिर्ण गर्नै पर्छ । अनिमात्र त्यहाँ पढ्न पाउनुहुन्छ । जागिर खान सक्नुहुन्छ ।
विश्वका अति विकसित देशले अंग्रेजीलाई प्राथमिकता नदिइकन विश्वका धेरै सफलता हासिल गरेका छन् । विश्वको सर्वब्यापी भाषा अंग्रेजी भयो भन्दैमा आफ्नो मातृभाषा नै विर्सन भने पटक्कै हुन्न ।
नेपाली भाषा संसारको पुरानो भाषा मध्येको एक हो ।
भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली भाषाको सबैभन्दा पूरानो प्रमाण हो । यो विसं १०३८ तिर लेखिएको अनुमान गरिएको छ ।
अंग्रेज विद्धान सर जर्ज ग्रिएसनले ‘नेपाल’ र ‘नेवार’ दुवै शब्द उच्चारणको भिन्नताले अलग अलग शब्द भएपनि तिनको मूल शब्द एकै भएको बताएका छन् । डा. स्टेफन कोर्नो र प्रोफेसर आर. एल. टर्नरले पनि ग्रिएसनको समर्थन गरेका छन् ।
‘नेपाली–भाषा’ भारोपेली भाषा परिवारको एक अभिन्न अंग मानिन्छ । भारोपेली भाषाको सातौंबर्गमा पर्ने आर्य–इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै आर्यभाषाको रुपमा विकसित भएर बाल्हिकी हुँदै खश भाषामा परिष्कृत भएर आएको कथन छ । खश भाषा बोल्ने खश जातिको इतिहास खोज्दै जाँदा सिञ्जा(सिंजा), कुमाउ, गढवाल, काश्मिर–बाल्हिक, इरान र इराकको सिमानामा पर्ने खशिस्तान (Khuzistan) हुँदै वेविलोनियाको कस्साइट साम्राज्यसम्म पुग्नुपर्ने देखिन्छ । पश्चिमोसियामा खशहरुलाई कस भनिन्थ्यो । कस शब्द कालान्तरमा खशको रुपमा उच्चारण हुन थालेको इतिहासकारहरुले उल्लेख गरेका छन् । (स्रोतः गुगल)
वि.स. २०१६ सालमा नेपालभरमा प्राथमिक र निम्न माध्यामिक विद्यालयमा नेपाली विषय अनिवार्य गरिएको थियो । त्यसपछि राष्ट्रिय शिक्षा पद्धति २०२८ ले प्रावि देखि उच्चतहसम्म नेपाली भाषालाई शैक्षिक माध्यम बनायो । सँगै नेपालमा खुलेका निजी विद्यालयहरूले अंग्रेजी भाषालाई प्राथमिकता दिन थाले ।
२०६० को दशकमा आइपुग्दा देशभर निजी क्षेत्रबाट खुलेका विद्यालयले नेपाली भाषालाई थन्क्याई दिएर अंग्रेजी भाषालाई प्राथमिकता दिए । त्यसपछि सरकारले नै २०७० मा सेमेष्टर प्रणाली लागु भएका शैक्षिक डिग्रीहरुमा अंग्रेजीलाई शिक्षण र उत्तरलेखनको अनिवार्य भाषा बनाइदियो ।
नेपाली भाषा र नेपाली ब्याकरण हराउँदै गएको अवस्थामा एक नेपाली शिक्षकले नेपाली ब्याकरण कन्ठस्थ गर्न सजिलो होस् भन्ने हेतूले गीत नै रचना गरिदिएका छन् ।
नेपाली भाषाका शिक्षक विमल घिमिरेले ‘नेपाली व्याकरण’ शीर्षकमा गीत रचना गरेका मात्र छैनन् । त्यसलाई भिडियो समेत बनाइदिएका छन् ।
राजधानी स्थित एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार भएको गीतले हामीलाई नेपाली ब्याकरणका ह्रस्व दीर्घका नियम बुझ्न सहज बनाएको छ । गीतमा सोहि विद्यालयका विद्यार्थीले आकर्षक नृत्य पनि गरेका छन् ।
एक पटक यो गीतको भिडियो हेरौं त
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ