
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्ने बताए।
आजदेखि काठमाडौंमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा जोड दिएका हुन्। ‘विमस्टेकमा आतंकवाद र लागुपदार्थको समस्यासँग नजोडिएको कुनै राष्ट्र छैन्। यसको सामना गर्न हामीहरु एकजुट हुनुपर्छ। यसका लागि यथोचित कानुन र नियमको चेम्बर खडा हुनुपर्छ’, उनले भने। आतंकवादविरुद्ध लड्नका लागि रणनीति बनाउन सदस्य राष्ट्रका सेना प्रमुखहरुको सम्मेलन गर्न भारत तयार रहेका पनि उनले बताए।
आफ्नो सम्बोधनका क्रममा आतंकवाद नियन्त्रणलाई जोड दिएका मोदीले यसमा सदस्य राष्ट्रका महिला सांसदहरुको सम्पर्क एक सहायक सुत्र हुन सक्ने जिकिर गरे। उनले महिला सांसदहरुको विमस्टेक महिला समूह स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरे।
सदस्य राष्ट्रको आशा, अभिशाला र सामूहिक योजनालाई ठोस र मजबुद बनाउन चौथो विमस्टेक सम्मेलनको सफलता महत्वपूर्ण हुने भन्दै मोदीले अध्यक्ष राष्ट्र नेपाललाई धन्यवाद ज्ञापन गरे। ‘अगाडि भारत तपाईहरुसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार छ’, मोदीले भने।
उनले भारतमा आगामी अक्टुबरमा आयोजना हुने इण्डिया मोबाइल कांग्रेसमा भाग लिन विमस्टेक सदस्य राष्ट्रलाई आग्रह समेत गरे। विमस्टेक राष्ट्रको सम्पर्कलाई प्रोत्साहन दिन विमस्टेक युवा सम्मेलनको प्रस्ताव पनि उनले गरे।
बंगाल खाडी क्षेत्रमा कला, संस्कृति कानुनको अनुसन्धान गर्नका लागि नालन्दा विश्वविद्यालयमा रिसर्च सेन्टर स्थापना गर्ने घोषणा पनि मोदीले गरे।
विमस्टेक राष्ट्रहरु हिमालय क्षेत्रसँग जोडिएकाले प्राकृतिक विपत्तीको सामना गर्दै आएको भन्दै उनले यस्तो संकटमा हाम्रो सहयोग र समन्वय एकदम आवश्यक रहेको औल्याए। ‘हामी विपद क्षेत्रमा कार्यरत अफिसरलाई सहयोग गर्न तयार छौं’, उनले भने।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय