बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका पाहुनाहरुको आगमन व्यवस्थापनलाई मध्यनजर गर्दै जाम न्युन पार्न सरकारले जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको हो ।
बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन सरकारले काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको हो ।
जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेका भन्दा आधा सवारी साधन कम हुनेछन् जसले काठमाडौँको अध्यधिक सवारीचाप घटाउन सहज बनाउनेछ ।
भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा सार्वजनिक बिदा दिने तयारी गरिएपनि यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको स्रोतले जनाएको छ ।
बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । भारतको विशेष पहलमा स्थापना भएको यो क्षेत्रीय मञ्चको सम्मेलन नेपालले पहिलो पटक आयोजना गर्दैछ ।
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सात मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुख परिवारसहित नेपाल आउनेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भैसकेको छ। यसैगरी भुटानका प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागी हुन काठमाडौं आउने छन्।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र