बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका पाहुनाहरुको आगमन व्यवस्थापनलाई मध्यनजर गर्दै जाम न्युन पार्न सरकारले जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको हो ।
बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन सरकारले काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको हो ।
जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेका भन्दा आधा सवारी साधन कम हुनेछन् जसले काठमाडौँको अध्यधिक सवारीचाप घटाउन सहज बनाउनेछ ।
भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा सार्वजनिक बिदा दिने तयारी गरिएपनि यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको स्रोतले जनाएको छ ।
बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । भारतको विशेष पहलमा स्थापना भएको यो क्षेत्रीय मञ्चको सम्मेलन नेपालले पहिलो पटक आयोजना गर्दैछ ।
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सात मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुख परिवारसहित नेपाल आउनेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भैसकेको छ। यसैगरी भुटानका प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागी हुन काठमाडौं आउने छन्।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय